कर्णालीका मुख्यमन्त्रीको सम्पत्ती : काठमाडौंसहित पाँच ठाउँमा घरजग्गा, १ करोड मैज्दात, ५६ तोला सुन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ती विवरण ढिला पेश भएपनि केहि रोचक देखिएको छ । उहाँले मुख्यमन्त्री भएलगत्तै सम्पत्ती विवरण पेश गर्नुपर्ने भएतापनि उहाँले ८३ दिनपछि सम्पत्ती विवरण पेश गरेका हुन् । तर प्रावधान भने नियुक्ति भएको ६० दिनभित्र पेश गर्नुपर्नेछ ।

उहाँको बैंक खातामै ७७ लाख रूपैयाँ रहेको देखाएका छन् । सिटिजन्स बैंकमा २५ लाख, सानिमा बैंकमा ३८ लाख र एनआइसी एसिया बैंकमा १४ लाख छ।

उहाँकी पत्नी बसन्ती शाहीका नाममा सिटिजन्स बैंकमा १५ लाख, एनआइसी बैंकमा १६ लाख पैसा छ । यी रकम पारिश्रमिक, व्यवसाय र जग्गा विक्रीबाट कमाएको मुख्यमन्त्री शाहीले सम्पत्ति विवरणमा खुलाएका छन् ।

उहाँले आफूहरूसँग ५६ तोला सुन रहेको बताएका छन् । मुख्यमन्त्री दम्पतिका नाममा आठ ठाउँमा जग्गा छन् । हुम्ला, बाँके र काठमाडौंमा घरजग्गा छ । मुख्यमन्त्री शाहीको नाममा हुम्लाको सिमकोटमा ७२३.७५ वर्गमिटर जग्गा र घर रहेको उल्लेख छ ।

काठमाडौं महानगरपालिका १६ मा ३३०.७५ वर्गमिटर जग्गा र त्यसमा घर रहेको सम्पत्ति विवरणमा पेश गरिएको छ। व्यापार तथा व्यवसायबाट प्राप्त आम्दानीबाट यी जग्गा र घर जोडेको उहाँले खुलाएका छन् । साथै हुम्लाको खार्पुनाथमा २१५ रोपनी जग्गा पनि छ। बाँकेको खजुरामा २ विघा जग्गा मुख्यमन्त्री शाहीको नाममा छ । उहाँका नाममा नेपालगञ्जमा पनि जग्गा रहेको छ। तर त्यहाँ कति जग्गा छ भन्ने खुलाइएको छैन ।

पत्नी बसन्तीका नाममा हुम्लाको सिमकोटमा ५४८.२५ वर्गमिटर जग्गा र घर छ। साथै काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा २४ लाखमा खरिद गरिएको जग्गा पनि छ । मुख्यमन्त्री शाहीको सम्पत्ति विवरणमा एक करोड ७२ लाख ऋण देखाइएको छ। जुन किस्तामा तिरिरहेको उल्लेख गरिएको छ।

उहाँसँग गाडी छ जसको खरिद मूल्य ९५ लाख उल्लेख गरिएको छ । साथै भक्तपुरको चाँगुनारायण नगरपालिकामा ५ आना जग्गा र घर रहेको छ । ५ तोला सुन, १ तोला चाँदी मन्त्री शाहीको सम्पत्ति विवरणमा देखाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्