डडेल्धुराका जिसस प्रमुख भट्टको निधन

डडेल्धुरा – जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ । एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो ।

सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए । उपचारकै क्रममा रहेका उनको सोमबार निधन भएको हो । ५० वर्षीय भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए । नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव समेत भएका भट्ट यस पटक कांग्रेस डडेलधुरा प्रदेश (ख) का क्षेत्रिय सभापति थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्