अवैध लागूऔषध सहित पक्राउ

  कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट करिब ३ किलोग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ नगरपालिका-४ खानीगाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.४ ख १६३८ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार ती किशोरलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

    बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुन्हाबाट ५५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर नगरपालिका-१४ बस्ने ३३ वर्षीय गौरब बुढाथोकी र बाँके राप्ती सोनारी गाउँपालिका बस्ने ३२ वर्षीय सुबास बिक रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
    दाङ, ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले अबैध लागूऔषध ब्राउनसुगर सहित १० जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये तुलसीपुर उपमहानगरपालिका-१ भम्के बस्ने २२ वर्षीय बिनोद भण्डारी समेत ४ जना सोही उपमहानगरपालिका-५ आलुमण्डीमा ५ सय ४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका-५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय  अमर गन्दर्भ समेत ४ जना २ सय १० मिलिग्राम र  तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत २ जना ९ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्