जागिर लगाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

मोरङ, जागरि लगाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा लखन गाउँपालिका-२ का ३८ बर्षीय गणेशराज अर्याललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अर्यालले उदयपुर त्रियुगा नगरपालिका-८ बस्ने २ जनालाई जागिर लगाइ दिन्छु भन्दै प्रलोभनमा पारी पटक-पटक गरी नगद १ लाख ७३ हजार रुपैयाँ ठगी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्