कक्षा १२ को नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने . . .

काठमाडौं – गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित/सार्वजनिक गरिएको बोर्डले जनाएको छ । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।
नतिजा हेर्नको लागि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट www.neb.gov.np बाट हेर्न सकिनेछ भने नेपाल टेलिकमको www.neb.ntc.net.np बाट समेत हेर्न सकिनेछ । यस्तै मोबाइल एसएमएसबाट समेत नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ । जसका लागि NEB टाइप गरेर एक स्पेस छोडेर आफ्नो सिम्बोल नम्बर राखेर १६०० मा पठाउने ।
यस्तै टेलिफोनबाट समेत १६०१ डायल गरेर दिएको निर्देशन पालना गरि समेत नतिजा हेर्न सकिनेछ ।

नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्