काँग्रेस महाधिवेशन : डोटीमा क्षेत्रीय सभापतिमा जोशी र साउद विजयी

डोटी  – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्र्तगत आज सम्पन्न डोटीको प्रदेशसभाको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशसभा (क) को सभापति पदमा धर्मराज जोशी र (ख) मा भैरवबहादुर साउद विजयी हुनुभएको छ । प्रदेश ‘क’ मा जोशी भरतबहादुर कठायतसँग १८० मतको अन्तरले विजयी हुनुभएको हो । जोशीले ३५४ मत प्राप्त गर्नुभएको छ भने कठायतले १७४ प्राप्त गर्नुभएको छ । कूल ५५४ मत खसेकोमध्ये २६ मत बदर भएका निर्वाचन समितिले जनाएको छ ।

यसैगरी प्रदेशसभा (ख) सभापति पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा साउद ७७ मतको अन्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी टीका फुलाराले १३८ मत प्राप्त गर्नुभएको थियो । अर्का प्रतिस्पर्धी बुद्धिसागर विनाडीले ११८ मत प्राप्त गर्नुभएको थियो ।

प्रदेशसभा (क) मा उपसभापति पदका लागि तीन जनाबीच भएको मतदानमा ३१८ मत ल्याएर अङ्क खड्का र ३२८ मत ल्याएर रमेश रोकाया विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उमेश ओझाले २०२ मत प्राप्त गर्नुभएको छ । उता प्रदेशसभा ९ख० मा भने उपभापतिमा शेरबहादुर बम र किरण मल्ल निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेशसभा (क) को सचिवमा नरेशकुमार खड्का र लक्षीराम कुँवर विजयी हुनुभएको छ भने प्रदेशसभा (ख) को सचिवमा दीपक बोगटी र हर्कबहादुर विष्ट विजयी हुनुभएको छ । यस्तै प्रदेशसभा (क) को सहसचिवमा डबल बोगटी र प्रकाश साउद विजयी हुनुभएको छ भने प्रदेशसभा (ख) को सहसचिवमा सोभानसिंह रावल र डम्बर जोशी निर्वाचित हुनुभएको काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्