नेपाली कांग्रेस : दार्चुला प्रदेशसभा (१) को सचिवमा जोशी विजयी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त प्रदेशसभा क्षेत्र (१) को सचिवमा महाकाली नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पुष्करराज जोशी विजयी भएका छन् । यसैगरी नेबि संघ दार्चुलाका सचिव समेत रहनुभएका हरिदत्त जोशी समेत विजयी भएका छन् । पुष्कर जोशी ३७२ मत सहित विजयी भएका हुन भने ३०९ मतसहित हरि जोशी विजयी हुनु भएको हो ।

यस्तै प्रदेशसभा क्षेत्र (२) को अधिवेसनबाट क्षेत्रीय सभापतिमा मार्मा गाउँपालिकाका केशब बहादुर सिँह २३९ मत सहित बिजयी हुनुभएको छ । यस्तै क्षेत्रीय सचिवमा २७७ मत ल्याएर युवा नेता जगदिश बिष्ट निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा अशोक बहादुर सिंह सम्राट, अशोक सिंह साउद, एकेन्द्र बहादुर पाल, राम दत्त जोशी, दिलिप महता, देवेन्द्र सिंह रोकाय, एनपि जोशी विजयी भएका छन् ।
नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र (१) को सभापतिमा मालिकार्जुन गाउँपालिकाका मन्दिर सिंह धामी विजयी हुनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्