कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता शाहीको दावी पेश, ८ बजे सपथ ग्रहण

सुर्खेत – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनलाई कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसद गरी २१ सांसदले समर्थन गरेका छन् । कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय रहेकाले मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ ।

प्रदेश प्रमुख कलौनीले सोमबार बेलुका संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेका थिए ।

मंगलबार साँझ ८ बजे मुख्यमन्त्री शाहीले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्