थप ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,११५ पीसीआर परीक्षणमा ४२२ र ३,१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५५५ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९,१७४ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्