देउवा सरकारले दियो मन्त्रिपरिषद्लाई पूर्णता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । जसमा बालकृष्ण खाँडले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन र विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी अर्थमा जनार्दन शर्मा, रक्षामा मिनेन्द्रप्रसाद रिजाल, खानेपानीमा उमाकान्त चौधरी, परराष्ट्रमा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमा रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रेमबहादुर आलेले जिम्मेवारी पाएका छन् । त्यसैगरी दिलेन्द्रप्रसाद बडुले कानुन, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास, उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमा गजेन्द्र बहादुर हमाल, वन तथा वातावरणमा रामसहाय प्रसाद यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयमा महेश्वरजंग गहतराजलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रिमा बोधमाया कुमारी यादवलाई नियुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्