चेन्नई सुपर किङ्ग्सद्वारा सनराइजर्स हैदराबाद ६ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । जितसँगै चेन्नई शीर्ष स्थानमा पुगेको छ ।
हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाए । फाप डु प्लेसिसले ४१ रन जोड्दा मोइन अलिले १७ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्