नेकपा एकीकृत समाजवादी सरकारमा सहभागि हुन्छ – झाँक्री

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताइन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उनको भनाइ छ ।

अब पार्टीको विभिन्न तहको कमिटी गठन गर्ने र सरकारमा सहभागी हुने सचिव झाँक्रीले बताइन् । सरकारमा कहिले सहभागी हुन्छ भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिइनन् । ‘छिटो हुन्छ होला, समय तोकेजस्तै हो’ उनले भनिन् ।

सचिव झाँक्रीले प्रदेश १ र बागमती प्रदेशमा पनि छिटै सरकार परिवर्तन हुने बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्