अधिवक्ता महराको नेतृत्वमा बाढीपीडितका लागि झण्डै चार लाख सहयोग संकलन

दार्चुला – दार्चुला स्थायी घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका अधिवक्ता कृष्ण महराले बाढीपहिरो पीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन् । दुहँु गाउँपालिकामा गत भदौ१३ गते गएको बाढीबाट प्रभावित पीडित नागरिकका लागि भनेर सहयोग संकलन गरेका हुन् । सोसियल भोलेन्टियरस ग्रुप दार्चुलामार्फत तीन लाख ९५ हजार बढी आर्थिक सहयोग संकलन भएको उहाँले फेसबुक मार्फत जानकारी गराउनु भएको छ । अधिवक्ता महराको नेतृत्वमा देश तथा विदेशबाट सहयोग भएको थियो । दुहुँबासी आम बाढीपीडित, दुहुँ गाउँपालिका हिकिला, वडा नम्बर २ र ५ लगायत सरोकारवाला अन्य निकायहरुसंगको समन्वय र सहकार्यमा उक्त रकम वितरण गरिने उहाँले बताएको छ ।
हालसम्म सहयोग गर्ने ६१ जना तथा अन्य क्षेत्रमा सहयोग, सहकार्य गर्ने सुभेच्छुकप्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्