आज ६४ जिल्लामा नेपाली कांग्रेसको पालिका अधिवेशन

काठमाडौँ –  ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन शनिबार हुँदै छ । २१ वटा हिमाली जिल्लाको अधिवेशन पनि असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ । प्रदेश २ का ८ सहित १३ जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्यतालिका संशोधन गर्दै असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर पदाधिकारी बैठकले कार्यतालिका संशोधन गरेपछि विरोध सुरु भएको छ । सभापतिमा उम्मेवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले निर्वाचन समितिको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी भएको संशोधन मान्न नसकिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्