चीनबाट खरिद गरेको ४४ लाख डोज खोप नेपाल आइपुग्यो, यो खोप कहिलदेखि र कसलाई लगाइन्छ ?

काठमडौं – सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।

खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाले भने, ‘यस अघि ल्याइएका खोपको एक भाइलमा दुई डोज खोप हुन्थ्यो । तर यो पटक एक भाइलमा ५ डोज खोप छन् । त्यसैले एउटै फ्लाइटमा एकै पटक ४४ लाख खोप ल्याउन सम्भव भएको हो ।’

यो खोप कहिलदेखि लगाइन्छ ?

चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालले बताए ।

उनका अनुसार अहिलेसम्मको खोप कभरेजदर हेरेर खोप वितरण गर्न लागिएको छ । जसअनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको छ । ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने दाहालको भनाइ छ ।
त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ ।

त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने दाहालले जानकारी दिए ।

‘१८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएका विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई समेत खोप दिने योजना रहेको छ’ दाहालले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्