महिला फुटबल : नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल बराबरी

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बङ्गलादेशसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेको छ । दशरथ रङ्गशालामा आज भएको खेल बराबरीमा सकिएको हो ।

दुवै टोलीले गोल गर्ने केही अवसर सिर्जना गरे पनि गोल भने हुन सकेन ।  एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।यसअघि भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले बङ्गलादेशलाई दुई– एकले हराएको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुँदै छ । छनोट खेलमा नेपाल समूह एफमा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष टोली भारतमा हुने प्रतियोगिताका लागि छनोट हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्