लुम्बिनीमा नयाँ सरकारको गृहकार्य, केसी मुख्यमन्त्री बन्ने निश्चित

बुटवल– लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि यही साउन २८ गते ३ बजेभित्र दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकार गठनका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत अन्य विपक्षी दलहरुले साउन १९ गते मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमा छलफल गर्नका लागि हिजो दिउँसो १ बजे प्रदेश सभाको बैठक डाकिएपनी त्यसअघी नै मुख्यमन्त्रीले प्रदेश प्रमुख शेरचन समक्ष राजिनामा बुझाउनुभएको थियो ।

लुम्बिनी प्रदेशसभामा रहेका ८० जना सदस्य मध्ये सत्तारुढ नेकपा एमालेका ३८ र विपक्षी गठबन्धनमा आवद्ध दलका ४१ जना सदस्य रहेका छन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कांग्रेस र माओवादीबीच आठ(आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्