विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीहरूलाई कोरोना खोप उपलब्ध गराउने सरकारको निर्णय

काठमाण्डौ – सरकारले विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधवार बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।

निर्णयअनुसार विभागले स्वास्थ्य निर्देशनालय, सबै प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरूलाई खोपको व्यवस्था गर्न भनेको छ । खोप लगाउने विद्यार्थीले अनिवार्य रूपमा प्रवेश पत्र साथमा लैजानुपर्नेछ ।

त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरू विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भइरहेका छन् । परीक्षा केन्द्रबाट सङ्क्रमण फैलने डर रहेको भन्दै परीक्षार्थीहरूले खोपको माग गर्दै त्रिवि घेराउ लगायतका विरोधका कार्यक्रमसमेत गरेका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्