कैलालीको भासु भिरबाट जीप खस्यो, २ जनाको मृत्यु, ३ जना घाइते

कैलाली – कैलालीको भासु भिरबाट जीप खस्दा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । धनगढीदेखि गइरहेको प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा कैलालीको चुरे गाउँपालिका ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका १ की पाँच वर्षीया एलिसा खड्का रहेका छन् । यस्तै दुर्घटनामा जोरायल १ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे गाउँपालिका ६ का सुशील साउँद घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जीप सडकबाट झन्डै तीन सय मिटर तल खसेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्