‘हेलम्बुमा तत्काल पहिरोको जोखिम घट्ने स्थिति छैन, वैकल्पिक बसोबासका लागि प्रयासरत छु’ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जने शेर्पा मेलम्चीको बाढ़ीग्रस्त क्षेत्रको मुहानमा हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका छन् ।  बाढ़ीग्रस्त क्षेत्रको मुहानबाट फर्किए लगत्तै गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर अध्यक्षा शेर्पाले पहिरोको बारेमा जानकारी गराएकाे बताए ।  अनुगमन गरे पश्चात अध्यक्ष शेर्पाले तत्काल पहिरोको जोखिम घट्ने स्थिति नभएको बताए ।

मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुको विकल्प नभएको उनको भनाइ छ । भेमाथाङबाट लेदो बग्नेक्रम जारी छ, वैकल्पिक बसोबासका लागि म प्रयासरत छु, यही क्रममा गृहमन्त्रीसँग वस्तुस्थितिको जानकारी गराइसकेको छु । “प्रधानमन्त्रीसँग समेत भेटेर जानकारी गराउनेछु”, उनले भने, त्यहाँको पहिरो रोक्नका लागि सरकारले विज्ञ पठाएर अनुसन्धान गर्नुपर्ने उनको माग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्