बाघको बासस्थान सुरक्षामा ध्यान दिन जरुरी: प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

विश्व बाघ दिवसका अवसरमा काठमाडौंमा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘बासस्थानको सुरक्षा, चोरी निकासी, गैरकानूनी व्यापार नियन्त्रणका लागि ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

बाघलाई संरक्षण गर्न सके नेपालमा पर्यटक वृद्धि हुने र स्थानीयले रोजगारसमेत पाउने प्रधानमन्त्रीको भनाइ छ । उहाँले सबै मिलेर बाघ बचाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाघ संरक्षणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्