सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने

File Photo

काठमाडौं – आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारी निवास बालुवाटारमा साढे ८ बजे बैठक बस्ने छ ।

बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो । सो बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्न मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्रीले देउवाले जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने तयारी छन् । हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्