नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला, सबै उमेरका व्यक्तिमा असर पार्ने

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको दिल्ली पठाएर ४७ वटा नमुनाको परीक्षण गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । जसलाई ’ए वाई वान’ नाम दिइएको मन्त्रालयले जनाएको छ ।

उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको छ ।

मन्त्रालयले जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी नमुनाहरु सिक्वेन्सिङका असार ३० गते भारत पठाएको थियो ।

यो सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर पार्ने अध्ययनहरुले देखाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्