जापानबाट समाजसेवामा अब्बल बन्दै रविन श्रेष्ठ

काठमाडौँ – समाजसेवी रविन श्रेष्ठले काठमाडौँ स्थित दिव्या बृद्धाआश्रममा खाना खुवाएका छन् ।
मंगलबार समाजसेवी श्रेष्ठले बृद्धाआश्रमका बृद्धाहरुलाई खाना खुवाएका हुन् । खाना खुवाउने अवसर दिएकोमा आश्रमलाई उनले धन्यावाद समेत दिएका छन् । श्रेष्ठ जापानमा बसेर नेपालमा समाजसेवा गर्ने एक चर्चित अुनहार हुन् । उनले विगत लामो समयदेखि समाज सेवा गर्दै आएका छन् । उनले कारोनाकालमा काठमाडौँ र गोरखाका विभिन्न विभिन्न सथानमा खाद्यान्न राहत वितरण गरेका थिए । उनले बेला बेलामा आर्थिक अवस्था न्युन भएका विरामी, असाहयहरुलाई समेत आर्थिक सहयोग गर्दै आएका छन् । यसअघि श्रेष्ठले गोरखाको एक विद्यालयका ६० जना विद्यार्थीहरुलाई झोला समेत वितरण गरेका थिए । आगामी दिनहरुमा पनि निरन्तर समाजसेवामा लागिरहने श्रेष्ठले बताए । उनले भने, ‘समाज सेवा मानवीय धर्म हो, आफ्नो खुसी अरुलाई त भाग्यमानीले मात्रै बाड्न पाउँछन्, म एकदम खुसी छु, असाहयहरुको सेवा गर्दा मेरो मन नै प्रफुल्ल हुन्छ, त्यै भएर म समाजसेवामा निरन्तर लागिरहन्छु ।’ श्रेष्ठ पछिल्लो समय समाजसेवामा निरन्तर लागिरहने चर्चित अनुहार हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्