बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, प्रदेश प्रमुखहरु हेरफेरको निर्णय गर्ने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको स्रोतको भनाइ छ । आजै माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्