नेपाली कांग्रेसमा ८ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य, कुन प्रदेशमा कति ?

काठमाडौँ – नेपाली कांग्रेसमा ८ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य पुगेका छन् ।

१४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको छ । जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर हो । क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन् । उनीहरूबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति बनाउँछन् ।

८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्य हुन् । उनीहरूको नवीकरण गरिएको हो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको उल्लेख छ ।

कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिबाट प्राप्त क्रियाशीलको विवरण प्रतिवेदनमा समावेश गरेको छैन । प्रतिवेदनअनुसार कांग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील छन् भने महिला एक लाख ९९ हजार ९७ जना छन् । अन्यतर्फ भने १७६ जना छन् ।

प्रदेशअनुसार कहाँ कति?

प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन् । प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्