पाल्पामा बाटोमा हिँड्दा हिँड्दै ढलेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे घरबाट भैंसी किन्न हिँडेका थिए ।घरबाट निस्किएको केही समयमा नै अमिले गाउँकै दोबाटो भन्ने स्थानमा पुगेपछि बाटोमा ढलेर बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको थियो । गएराति उनको मृत्यु भएको पाल्पाका प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्