माधव नेपालसहित २२ सांसदले दिए पार्टीले सोधेको स्पष्टीकरणको जवाफ

File photo

काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदले आज बिहीवार स्पष्टीकरणको जवाफ पठाएका हुन् ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि विश्वासको मत नपाएका ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिइ आफैँ प्रधानमन्त्री बन्न खोजेपछि त्यस्तो कार्यको विरोध स्वरूप विभिन्न क्रियाकलाप भएको र त्यसलाई विधान विपरीत भन्न नमिल्ने स्पष्टीकरण पत्रमा भनिएको छ ।

प्रतिनिधि सभाको पुनर्स्थापना र वैकल्पिक सरकार बनाउन संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रक्रियामा प्रतिनिधि सभाको सदस्यको हैसियतले सहभागी भइ मतदान गरेको स्पष्टीकरण पत्रमार्फत भनिएको छ ।

‘सम्मानित सर्वाेच्च अदालतले २०७८ असार २८ गते प्रतिनिधि सभाको पुनर्स्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियामा सहभागी भइ मतदान गर्न पाउने प्रतिनिधि सभाका सदस्यको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले त्यो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नमिल्ने भनी प्रतिषेधको आदेश जारी गरेको छ’, पत्रमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्