सामान्य विवाद हुँदा दाइले गरे भाइको हत्या

सांकेतिक तस्बिर

सुर्खेत – सल्यानमा दाइले भाइको हत्या गरेका छन् । सामान्य विवाद हुँदा बनगाड कुपिण्डे नगरपालिका–५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् ।
घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सन्दीप र कपिलबीच मंगलबार साँझ मोबाइल चार्ज गर्ने विषयमा सामान्य विवाद् भएको र सोही विवादले हत्याकै रुप लिएको प्रहरीले जनाएको छ । विवाद्पछि कपिलले सन्दीपलाई हिर्काएको मुडीले कन्चटमा लागेपछि सन्दिप बेहोस् भएका थिए ।

बेहोस सन्दीपलाई उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पु¥याइएको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिल र सन्दीप सहोदर दुई दाजुभाइका छोराहरू हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्