शुक्रबार शैल्यशिखर मालिकार्जुनमा भव्य पूजन जात्रा लाग्ने, शैल्यशिखर नगरपालिकाले दियो सार्वजनिक विदा

काठमाडौँ – शैल्यशिखर नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार राष्ट्रको सातौ धामका रुपमा परिचित आरध्यदेव श्री शैल्यशिखर मालिकार्जुन देवताको पुजन जात्राको दिन नगरपालिकाले नगर क्षेत्रमा विदा दिने निर्णय गरेको हो । मालिकार्जुन धाममा असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका दिन पुजन जात्रा लाग्ने गर्दछ । मालिकार्जुन धाममा पुजा आजा गर्नको लागि भक्तजनहरु १५ दिन अगाडी देखि एकछाक मात्र खाएर बसेका छन् । मालिकार्जुन धाममा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतको उत्तराखण्डबाट समेत भक्तजनहरु आउने गर्दछन् । शैल्यशिखर मालिकार्जुन कै नाममा बाट यस नगरपालिकाको नामाकरण समेत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्