बालुवाटारमा पार्टीको कुनै बैठक नराख्न प्रधानमन्त्री देउवासँग नेता थापाको अनुरोध

फाइल तस्बिर

काठमाडौँ – नेपाली काँग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले बालुवाटारमा पार्टीको कुनै बैठक नराख्न प्रधानमन्त्री देउवासँग अनुरोध गरेका छन् । नेता थापाले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं ।’ थापाले अगाडी थपे, ‘उहाँलेपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ ।’ थापाले प्रधानमन्त्री देउवालाई यो विश्वास कायम राखिनदिन पनि आग्रह गरेका छन् । बालुवाटारमा पार्टीको बैठक राख्दा राज्यको पैसाको दुरुपयोग भयो भनेर विभिन्न ठाउँबाट विरोधहरु आइरहदा काँग्रेसको यो कदमले जनतामा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्