प्रधानमन्त्री देउवाले भोली खोप केन्द्रहरुको निरीक्षण गर्ने

File Photo

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौं उपत्यकाभित्रका विभिन्न खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर सोमबार बिहान १० बजे प्रधानमन्त्री देउवा खोप केन्द्रमा जाने जानकारी दिएको छ ।

शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतमा पुगेर प्रधानमन्त्री देउवाले खोप केन्द्रको अनुगमन गर्ने भएका हुन् । आजै प्रधानमन्त्री देउवाले स्वास्थ्य सचिवलगायतलाई बोलाएर खोप केन्द्रहरू वृद्धि गर्न निर्देशन दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्