ओली र नेपाल पक्षका नेताहरू छलफल गर्दै

काठमाडौँ – पार्टी एकताको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक बस्दैछ ।

शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने वरिष्ठ नेता नेपाल पक्षधर स्रोतले बताएको छ । दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन ।

एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो । स्थायी कमिटीको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए । तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए । ओलीको ध्यानाकर्षण गराएर नेपाल पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए ।

स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्षधर नेताहरु सहभागी थिएनन् । त्यसपछि बसेको संसदीय दलको बैठकमा समेत नेपाल पक्षीय सांसदहरु सहभागि थिएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्