गृहमन्त्रीमा बालकृष्ण खाण र अर्थमा जनार्दन शर्माको इन्ट्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँगै नवनियुक्त मन्त्रीहरूले पनि सपथ ग्रहण गरेका छन् । गृहमन्त्रीमा बालकृष्ण खाँड, तथा अर्थमन्त्रीमा जनार्दन शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो सपथ गराएकी हुन् ।
साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिचाइ मन्त्रीमा पम्फा भुषालले पनि सपथ लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्