पछिल्लो २४ घण्टामा थप ६ ,८२५ जनामा कोरोना संक्रमण पुष्टि, ५,९०४ जना संक्रमणमुक्त, ७५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ७६ हजार ९३६ पुगेको छ । हाल एक लाख एक हजार ८३९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले चौबीस घण्टामा पाँच हजार ९०४ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ६७ हजार ४६७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८१ प्रतिशत पुगेको छ । मन्त्रालयले चौबीस घण्टामा ७५ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ६३० जनाले ज्यान गुमाउन पुगेका छन् । हाल ८३१ जना क्वारेन्टिनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्