बर्दियामा हात्तीको आक्रमणबाट आमाछोरीको निधन

File Photo

बर्दिया – बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दीपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले जानकारी दिनुभयो । गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उहाँकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्