लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री पोखरेललाई आइतवार राति प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

आइतवार बिहानमात्रै पोखरेलले राजीनामा दिनुभएको थियो । उहाँले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल बहुमत सरकार गठन गर्ने भन्दै राजीनामा दिनुभएको थियो ।

प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य आइतवार (आज) प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसे पनि सुरक्षाका बीच पोखरेललाई शपथ ग्रहण गराइएको हो ।

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षर लिँदै मुख्यमन्त्रीमा दाबी पेस गरेको अवस्थामा पोखरेललाई शपथ ग्रहण गराइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्