आईपीएल : हैदराबादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत गएराती भएको खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ ।

चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । चेन्नईका लागि रुतुराज गायकवाडले ७५ तथा फाप डु प्लेसिसले ५६ रनको योगदान गरे । यस्तै, सुरेश रैनाले १७, मोइन अलिले १५ र रविन्द्र जडेजाले ७ रन बनाए ।

हैदराबादका राशिद खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डे र डेबिड वार्नरले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् ।

मनिषले ६१ रन तथा डेभिड वार्नरले ५७ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन । जितसँगै चेन्नई ६ खेलमा १० अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । हैदराबाद भने ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्