गणकको नतिजा प्रकाशन तथा सर्टलिष्टबारे प्रकाशित सूचना

राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्यमा खटिने गणकहरुको नतिजामा केहि ढिलाई भएको छ । करारमा सेवाका लागि मिति २०७७ माघ ११ गते प्रकाशित सार्वजनिक सूचनाद्वारा योग्यता पुगेको नेपाली नागरिकबाट अनलाईन प्रणाली मार्फत माग गरिएको दरखास्तको संक्षिप्त सूचि बैशाख २६ गते हुने भएको छ । जनशक्ति व्यवस्थापन तथा अनुगमन प्रणालीमा २०७७ चैत्र ११ गते सम्ममा दरखास्त पेश गरेका गणक पदको पहिलो सर्टलिष्ट २०७८ बैशाख १५ गते प्रकाशन गर्ने भनिएकोमा देशव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारणले मिति सर्न गएको हो । जसको नतिजा बैशाख २६ गते वा सो पश्चात प्रकाशित गरिने सूचना मार्फत जानकारी गरिएको छ ।

यो पढ्नुहोस् 

गणकहरुको सर्टलिष्ट प्रकाशित, यसरी हेर्न सकिन्छ (नामावली सहित)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्