राजस्थानलाई पराजित गर्दै चेन्नई आईपीएलको दोस्रो स्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । हिजो साँझ भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ ।

मुम्बईमा भएको खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्