माधव नेपाल र भीम रावललाई निलम्वन गर्ने एमाले अध्यक्ष ओलीको निर्णय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेका छन् । नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् । पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका छन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका हुन्।  यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिनेसमेत ओलीले पत्रमा उल्लेख गरेका छन्। यद्यपी उनले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्नसमेत ओलीले चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्