नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, ओलीलाई दिएको समर्थनका विषयमा के निर्णय होला ?

File Photo

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट जारी स्थायी समिति बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन । माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा अलमलमा रहेको छ ।

माओवादी नेताहरुका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयका साथै साङ्गठानिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएको थियो ।

यसअघि माओवादी केन्द्रले दलहरूसँग छलफलका लागि भन्दै केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेको थियो । तर बैठक स्थगित गरेको एक साता बित्दा पनि दलहरूसँग औपचारिक छलफल गर्न सकेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्