न्यायालयलाई जनताको सलाम छ : प्रभाकर

काठमाडौँ – नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले सर्वोच्च अदालतको फैसलालाई नेपाली जनताले सलाम गरेको प्रतिक्रिया दिएका छन् ।

‘नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षा गरेको छैन । न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रुपले पुष्टि गरि न्यायालयप्रति जनताको बिश्वास लाई नयाँ उचाइमा उठाएको छ । न्यायालयलाई जनताको सलाम छ’, प्रभाकरले भने ।
मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्