चमेलिया प्रभावित शैल्यशिखर र मालिकार्जुनमा २ महिनाभित्र विद्युत वितरण हुने

फाईल तस्विर

काठमाडाैँ – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ बलाँचमा निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत निर्माण सम्पन्न पश्चात चमेलिया प्रभावितलाई विद्युत वितरणमा प्राथमिकतामा राख्ने भन्ने प्राधिकरणको शर्त घोषणामा मात्र सिमित भएको भन्दै पटक पटक आन्दोलन तथा चक्काजाम भए । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयहरुले विभिन्न सरोकारवाला निकायहरुमा ध्यानाकर्षण समेत गराउदा समेत सुनवाई नहुँदा त्यस क्षेत्रमा विरोध दैनिक रुपमा बढ्न थाल्यो ।
यसैकुरालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशका निर्देशक जगदिशचन्द्र जोशी, दार्चुला विद्युत प्राधिकरणका प्रमुख मोहनदेव जोशी, नेपाली कांग्रेश जिल्ला सभापति ललित बोहरा, जिल्ला समन्वय समिति प्रमुख करविर कार्की, शैल्यशिखर नगरपालिकाका मेयर अमरसिँह धामी, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिँह धामी लगायत अन्य जनप्रतिनिधि, सरोकारवाला निकायहरुले विहिबार केहि बुदाहरुमा सहमति तथा सम्झौता गरेका छन् ।
शैल्यशिखर नगरपालिका वडा नं. ५ बगौरामा भएको उक्त सहमतिमा विद्युत प्राधिकरणका तर्फबाट निर्देशक जगदिशचन्द्र जोशी सहित अन्य सरोकारला निकायले चमेलिया प्रभावित स्थानीय बासिन्दाले बिद्युत पाउनुपर्ने माग जायल भएकाले २ महिनाभित्र यस क्षेत्रमा विद्युत पु¥याउने सहमति गरेका छन् ।
केहि दिन अगाडी शैल्यशिखर नगरपालिका वडा नम्बर ५, ६,, ७, ८ र ९ का स्थानीयहरुले ठेकेदार र प्राधीकरणले लापरबाही गरेको भन्दै महाकाली लोकमार्ग अन्तर्गत पर्ने गोकुले दार्चुला सडक शैल्यशिखर नगरपालिकाको वडा न.५ बगौरामा चक्काजाम गरेका थिए ।
सरोकारवालाहरुलाई पटक पटक बिद्युतीकरणको माग राखेपनि कुनै सुनुवाइ नभएको आन्दोलनको बिकल्प रोजेको स्थानीयले बताएका थिए ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को विद्युत विस्तार संघर्ष समितिले गत पुष २६ गते एक हप्ताको अल्टीमेटम सहित विद्युत विस्तारको काम थाल्न वडा कार्यालय, शैल्यशिखर नगरपालिका कार्यालय, विद्युत वितरण केन्द्र दार्चुला कार्यालय, जिल्ला प्रशासन कार्यालय दार्चुला र निर्माण व्यवसायीलाई ज्ञापन पत्र बुझाएको थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्