बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडा अध्यक्ष सहित ४ जना सार्वजनिक

बझाङ – प्रहरीले बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई मंगलबार छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो । खुँडा प्रहार गरेर सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्