प्रचण्ड–नेपाल र देउवाबीच बुढानिलकण्ठमा भेटवार्ता : सत्ता–सहकार्यसम्मको प्रस्ताव 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । बुधबार साँझ प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो । ५ पुसमा नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि देउवाले नेकपाको प्रचण्ड–नेपाल खेमासँग पहिलो पटक अनौपचारिक भेट गर्नुभएको हो ।

भेटमा प्रचण्ड र नेपालले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दालाई मध्यनजर गर्दै संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव  गर्नुभएको थियो ।

भेटवार्तामा देउवाले ‘सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले अहिले केहि गर्न नमिल्ने बताउनुभएको थियो । अदालतले जे निर्णय गर्छ त्यो हाम्रो पार्टीले मान्छ भन्दै देउवाले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेका स्मरण गराउनुभएको थियो ।

देउवाले प्रचण्ड–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्