काठदाउरा संकलनमा लगाईएको प्रतिबन्ध फुकुवाको माग गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

मुकेसप्रसाद जोशी
कञ्चनपुर – कञ्चनपुरका सामुदायिक वनहरुको संयुक्त भेलाले काठदाउरा संकलनमा लगाईएको प्रतिबन्ध फुकुवाको माग गर्दै केन्द्रीय संघर्ष समिति गठन गरेको छ ।
मंगलबार कञ्चनपुरका सामुदायिक वनहरुको संयुक्त भेलाले सो समिति गठन गरि काठदाउरा संकलनमा लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
संघर्ष समितिले माघ ५ गते सबै सामुदायिक वनहरुको संघर्ष समिति गठन गर्ने, व्यापक प्रचार प्रसार गर्ने, अन्तरक्रिया र आम भेला सम्पन्न गर्ने कार्यक्रम राखेको छ । त्यस्तै माघ ६ गते दिउँसो १ बजे देखि २ बजे सम्म दैजी, झलारी, बाणी, गुलरिया, अत्तरिया र धनगढी चौराहमा एक साथ चक्काजाम गर्ने, माघ १० गते सम्बन्धित सव डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालय मार्फत नेपाल सरकारलाई वनको विधान र कार्ययोजना बुझाउने कार्यक्रमहरु विज्ञप्ती मार्फत सार्वजनकि गरेका छन् । माग पुरा नगरे राजधानी काठमाडौँ केन्द्रीत थप संघर्षका कार्यक्रमहरु गर्ने र सो संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार हुने विज्ञप्ति मार्फत जनाएको छ ।
जेठ १५ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार नेपाल भरिका सम्पूर्ण सामुदायिक वनहरुमा काठ दाउरा संकलनमा रोक लगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्