सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुदैँ, सानो गल्तीले ट्रायल फेल नहुने

काठमाडौँ – सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ । यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।

यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।

अहिले ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुने र राम्रोसगँ सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहाँ जाने समस्या देखिएको हुनाले अलि सहज बनाउन यो काम गर्न लागिएको विभागले बताएको छ । विभागका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास(फेल निधो गरिनेछ । ट्रायल सुरूवातकै ’एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्कउनजेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ ।

यो ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने छन् । प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्