अघोषित लोडसेडिङ बन्द गर – नेवि संघ

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले अघोषित लोडसेडिङ बन्द गर्न विद्युत प्राधिकरणसँग माग गरेको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै उपत्यका लगायतका ठाउँमा नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको र त्यसबाट विद्यार्थीहरुले समस्या भोग्नु परेकोले तत्काल यसको अन्त्य गर्न माग गरे ।

अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम हुँदा पनि आपूर्तिमा समस्या आएकोप्रति संघले ध्यानाकर्षण गराएको छ । दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुँदा अनलाइन कक्षा लिएका विद्यार्थीलाई असर परेको संघले जनाएको छ ।

विद्यार्थीले भोगिरहेको जटिल समस्याको समाधानका लागि विद्युत आपूर्ति सहज बनाउन संघका महामन्त्री तिमल्सिनाले सरकारसँग माग गरे । कोभिड–१९ का कारण शैक्षिक संस्था बन्द रहँदा अनलाइनबाट कक्षा सञ्चालन भईरहेको बेला अघोषित रुपमा लोडसेडिङ हुँदा अनलाइन कक्षा र अन्य क्षेत्रमा पनि समस्या पर्नु दुःखद विषय भएको संघले जनाएको छ । दिनहुँ विद्युत् कटौतीले प्राधिकरण र सरकार गैह्रजिम्मेवार रहेको पुष्टि भएको संघको धारणा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्