हेलम्बुमा नयाँ पर्यटन रुटको सुरुवात सँगै हिमाल चढ्ने क्रम सुरु

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा नयाँ पर्यटन रुटको सुरुवात सँगै हिमाल चढ्ने क्रम सुरु भएको छ ।
पर्यटकीय क्षेत्र हेलम्बुको माथिल्लो भागमा ३ वटा नयाँ हिमालहरु पत्ता लागेको हिमाल आरोही सतिसमान पतिले उपहार खबरलाई बताउनुभयो । काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य हेलम्बुमा थुप्रै पर्यटकीय क्षेत्रहरु रहेको उहाँको भनाई छ । तीन वटा नयाँ हिमाल पत्ता लागेपनि मौसम प्रतिकुलताका कारण एउटा हिमालमा मात्रै चढ्न सकिएको हिमाल आरोही सतिसमान पतिले जानकारी दिनुभयो ।

हेलम्बुलाई पर्यटकीय गाउँपालिका बनाउनकालागि स्थानीय सरकार प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको भनाई छ । उहाँका अनुसार अपर हेलम्बु बेस क्याम्प गञ्जलाफेदी, सेमिसेदाङ हुदै लाङटाङ सम्म जाने नयाँ रुटको समेत विस्तार भएको छ । हेलम्बुमा आमायाङ्ग्री, सेर्माथाङ, तार्केघ्याङ, जस्ता थुप्रै पर्यटकीय गन्तव्यहरु छन् भने धार्मिक पर्यटनको हिसाबले पनि हेलम्बु अगाडी छ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको हेलम्बुमा थुप्रै गुम्बा, माने र घ्याङहरु छन् । जहाँ बसेर पुजा आजा गर्दा शान्ति पाइने जन विश्वास छ । हेलम्बुलाई देशरभरिकै नमुना गाउँपालिका बनाउने अभियानमा रहको अध्यक्ष शेर्पाको भनाई छ ।
काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य रहेको हेलम्बुमा थुप्रै पर्यटकीय क्षेत्रहरु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्